कोरोना विशेष अस्पताल बुटवलमा र भिम अस्पतालमा थप १/१ जना कोरोना संक्रमितको मृत्यु

meropati

बुटबल, २९ भदौ । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । बुटबलको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा कपिलवस्तुका एक जना र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तुकै अर्का १ जनाको मृत्यु भएको हो।

भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष हुन् भने बुटवलमा उपचार गराइरहेकी शिवराज ५ कै ४७ वर्षीया महिला हुन्।



भीम अस्पतालमा उपचार गराइरहेका पुरुष बुटवलको बेलवासमा बस्दै आएका थिए। यही भदौ २३ गते स्वास्थ्यमा समस्या देखिएर भीम अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई ३ दिनअघि आइसीयूमा राखेर उपचार जारी थियो।

दमको समस्या देखिएका उनको राती १०:२६ बजे मृत्यु भएको भीम अस्पतालले जानकारी दिएकाे छ ।  भीम अस्पतालमा हाल २० जना आइसोलेशनमा उपचाररत छन् भने ३ जना आइसीयूमा छन्। भीममा आइसीयूमा उपचाररत बुटवल र धकधईका २ जना संक्रमणमुक्त भएर शनिबार घर फर्किएका छन्।

यस्तै कपिलवस्तु शिवराज नगरपालिका वडा नं ५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएकाे छ ।

भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पतालमा उपचाररत उनमा मिर्गौलाको समस्या थियो। मृतक महिलामा किड्नीको समेत समस्या रहेकाे अस्पतालले जनाएकाे छ भने उनको आइसीयूमा उपचार जारी रहेकोमा रातीदेखि अवस्था गम्भीर भएको र बिहान मृत्यु भएको हो । आज मृत्यु भएका दुबै जना एकै ठाँउका  एउटै वडाका भएपनि उनीहरुबीच कुनै नातासम्बन्ध भने छैन ।

हाल कोरोना विशेष अस्पताल बुटबलमा  १७ जना आइसीयूमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: