जग्गा कित्ताकाट फुकुवा कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

meropati

काठमाडौं, २९ भदौ । सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ ।

सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।



अधिवक्ता सन्तोष भण्डारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले असोज ८ गते रिट निवेदक र सरकार दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

२०७४ साउन २६ गते मन्त्रीस्तरको निर्णयले जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तर भदौ १८ गते फेरि मन्त्रीस्तरको निर्णयले नै कित्ताकाट फकुवा गरेको थियो ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: