हवाई उडान र लामो दुरीका यातायात असोज ५ गतेदेखि सञ्चालन हुने, तर विद्यालय कहिले खुल्छन् ?

meropati

काठमाडौं, २९  भदौं । सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।



स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र लामो दूरीका सार्वजनिक यातायात खोल्न दिने निर्णय भएको हो । तर विद्यालय कहिले खुल्ने भन्ने विषयमा भने कुनै पनि निर्णय हुन सकेन ।

सरकारले पछिल्लो समयमा इन्टरनेट सुविधा विद्यार्थी र विद्यालयलाई निशुल्क दिने बताएपनि हाल सम्म हुन सकेकाे छैन । लामो दुरीका सभारी साधन र अन्य सेवाहरु निर्वाध सन्चालन भएमा विद्यालयहरु पनि केहि स्वास्थ्य मापदण्ड तयारी गरि सन्चालन गर्नुपर्नेमा शिक्षा संग सम्बन्धितहरु रहेका छन् ।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता यि सेवाहरु सबै बन्द थिए ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: