सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बिहानै ६ रेक्टरको भूकम्पकाे धक्का

meropati

काठमाडौं, ३१ भदौ । बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोक केन्द्र भएर गएको ६ रेक्टर स्केलको क्षतिका बारेमा अहिलेसम्म कुनै विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार रातभर पानी परेको छ भने बिहानै भूकम्प गएको छ ।



“सिन्धुपाल्चोकमा मज्जाले हल्लायो, रातभर पानी परेको छ । सबै सुरक्षा निकाय अलर्ट छन् । जुन क्षेत्रमा पहिरो गइरहन्छ । त्यही क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु परेको छ । तर क्षतिबारे जानकारी आइसकेको छैन,” उनले भने ।

जिल्लाका हरेक वडासँग सम्पर्क भइसकेको बताउँदै हालसम्म केन्द्रविन्दु रहेको जिल्लामा कुनै अप्रिय घटनाको जानकारी आएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: