एकैदिन आज सम्मकै रेकर्ड तोड्दै २,०२० कोरोना संक्रमित थपिए

Avatar
२ आश्विन २०७७, शुक्रबार १९:००

काठमाडौं, २ असोज । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २०  संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३  रहेको छ ।

पछिल्लो २४ घण्टामा ८७१ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४३ हजार ८२०  जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४५८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ९४ हजार ३७३  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ३९५ जना र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् । आजसम्म देशभर ७ हजार ७३६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३६  जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ६१ हजार ९९३ पुगेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १९:००

प्रतिक्रिया दिनुहोस्