बुटवलमा आज मात्रै थपिए ४५ जना कोरोना संक्रमित

Avatar
२ आश्विन २०७७, शुक्रबार १९:१४

बुटबल, २ असोज । बुटबलमा आज थप ४५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज शुक्रबार ७६ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयले ८६ जना कोरोना संक्रमित भेटिएकाे भनेता पनि जिल्ला स्वास्थ्य कार्यालयले भने १० जनाको हिजोनै जानकारी गराएकाे थियो । रुपन्देहीमा हिजो संक्रमितको संख्या घटेपनि आज फेरि संक्रमितको संख्या बढेको छ।

पछिल्लो २४ घण्टा ३१ महिला र ४५ पुरुष गरी ७६ जनामा संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ६५ पुगेको छ।

निजी प्रयोगशालासहित लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त रिर्पोट अनुसार साँझ ५ बजेसम्म रुपन्देहीका विभिन्न ९ स्थानिय तहमा ७६ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएकाे छ ।

आज थपिएका मध्ये बुटवल उपमहानगरपालिकामा २१ महिला र २४ पुरुष गरी ४५ जना संक्रमित थपिएका छन् । त्यस्तै रोहिणी गाउँपालिकामा १४ जना, तिलोत्तमा नगरपालिकामा ९ जना, सिद्धार्थनगरमा ३ जना, देवदह, सियारी, सैनामैना, ओमसतिया, र कञ्चन गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ९ सय ४२ पुगेको छ ।

कार्यालयले दिएको तथ्याङ अनुसार हाल सम्म २० जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ११५७ जना निको भएर फर्किसकेका छन् भने ७६५ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १९:१४

प्रतिक्रिया दिनुहोस्