असोज ३ गते कहाँ कति थपिए कोरोना संक्रमित?

Avatar
३ आश्विन २०७७, शनिबार १६:४७

काठमाडौं, ३ असोज । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २०४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा शनिबार प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा  १० हजार ३३३ पीसीआर परीक्षण गर्दा १ हजार २०४ कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।

सोही अवधीमा १ हजार ४४७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ । यसमध्ये ४५ हजार २६७ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

[pdf-embedder url=”https://khabarkhurak.com/wp-content/uploads/2020/09/३आश्विन-२०७७_कोभिड-१९_राष्ट्रिय_अध्यावधिक_विवरण.pdf” title=”३आश्विन २०७७_कोभिड-१९_राष्ट्रिय_अध्यावधिक_विवरण”]

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १६:४७

प्रतिक्रिया दिनुहोस्