आगामी पाँच दिनसम्म भारी वर्षा हुने, सतर्क रहन पूर्वानुमान महाशाखाले अनुरोध

Avatar
६ आश्विन २०७७, मंगलवार १४:१३

काठमाडौं,६ असोज। आज रातिबाट ११ गतेसम्म देशका सबै नदीहरुमा बहाव बढ्ने भएकाले सो अवधिसम्म नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

असोज ७ गतेदेखि १० गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने पूर्वानुमान गरिएको छ । यद्यपि पानीको सतह सतर्कताको चिह्नभन्दा तलै रहने अनुमान छ । त्यसैले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी टटीय क्षेत्रमा कृयाकलाप नगर्न वा गर्नैपरे सतर्कता साथ गर्न बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

 आज नै इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिरहा, धनुषा,  दोलखा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन जिल्ला हुँदै बग्ने नदीहरुमा आकस्मिक बहावको सम्भावना छ ।

गोरखा, लम्जुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङ्जा, नवलपुर, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, रुकुम, प्युठान, दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, कैलाली, कञ्चनपुर, बैतडी जिल्ला भइ बग्ने नदीहरुमा पनि आकस्मिक बहावको सम्भावना औंल्याएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १४:१३

प्रतिक्रिया दिनुहोस्