गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही सहित आज थपिएका १४९७ जना कोरोना संक्रमित कुन जिल्लामा कति?

meropati

काठमाडौं, ८ असोज । देशभर नोभेल कोरोना भाइरसका थप १४९७ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४९७ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ ।



पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ५५ हजार ९२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ६१४ जना र होम आइसोलेसनमा ९ हजार ८२३ जना रहेका छन् । आजसम्म देशभर ६ हजार ५६५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २८ जनाको  भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

कहाँ थपिए आज संक्रमितः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: