रुपन्देहीमा आज थप ६३ जनामा कोरोनाः बुटबलका मात्रै ३९ जना

meropati

बुटबल, ९ असोज । रुपन्देही पनि कोरोनाको हव बन्दै गइरहेकाे छ । देशभरीमा ५०० भन्दा बढी संक्रमित जिल्लाहरुमा रुपन्देही पनि परेकाे छ । आज मात्रै पनि जिल्लामा थप ६३ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या २३४५ पुगेको छ  । गएको २४ घण्टामा संक्रमण मुक्त हुनेकाे संख्या पनि ८० छ ।



विभिन्न ल्याबमा गरिएका परीक्षण अनुसार शुक्रबार साँझ साढे ६ बजेसम्म विभिन्न ६ स्थानियतहका २३ महिला र ४० पुरुषहरुमा कोरोना भाइरस पुष्टि भएकाे हो ।

आज थपिएका संक्रमितहरुमा सबैभन्दा बढी बुटवल उपमहानगरपालिका १३ महिला २६ पुरुष गरी ३९ जना, सिद्धार्थनगरमा ९ जना, तिलोत्तमा र सैनौमना नगरपालिकामा ६/६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यस्तै देवदह नगरापलिकामा २ जना, मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म संक्रमण भएकामध्ये २१ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट १६११ जना निको भएर फर्किसकेका छन् भने ७१३ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: