कोरोना खोप प्रयोगमा आउनु अघि नै २० लाख मानिसको मृत्यु हुनसक्ने डब्ल्यूएचओको चेतावनी

meropati

काठमाडौं, १० असोज । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड १९) बाट झण्डै २० लाख मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ ।

कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा आउनुभन्दा अघि नै २० लाख मानिसको मृत्यु भइसक्ने डब्ल्यूएचआले बताएको छ । कोरोना संक्रमणका कारण हालसम्म विश्वभर करिब १० लाख मानिसको मृत्यु भइसकेको छ ।



डब्ल्यूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले अन्तर्राष्ट्रिय एकता बलियो भएमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या सोचेभन्दा कम हुने बताएका छन् ।

यस्तै, बेलायत लगाएतका केही मुलुकमा महामाीको दोस्रो लहर सुरु भएको छ । केही समय थोरै मानिसमा संक्रमण देखिए पनि हाल भने संक्रमितकोे संख्या बढ्न थालेको छ ।

अहिले विश्वभर ३ करोड २७ लाख बढी मानिसमा कोरोना पुष्टि भएको छ । अमेरिकामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: