उपत्यकामा स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप कडाइ

meropati

काठमाडौं,१३ असोज। उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप कडाइ गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम प्रसाद ढकालले बताए ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागु हुनेगरी काठमाडौं, भक्तपुर र ललितपुरमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका थिए । मंगलबार समाचार तयार गर्दासम्म ट्राफिक प्रहरी महाशाखाले निर्णय मिचेर चलाइएका ८ सय २५ सवारी साधान होल्ड गरेको छ । तीमध्ये ६ सय ८३ वटा मोटरसाइलक र स्कुटर छन् । ‘होल्ड गरिएका सवारीलाई साँझ ८ बजे मात्र छाड्छौं’ एसएसपी ढकालले भने,‘कोभिड–१९ संक्रमणको जोखिम छ, त्यसैले जोर बिजोर प्रणाली पूर्णरुपमा पालना गरिदिनुहुन सवैलाई अपिल गरेका छौं ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: