थप १५५९ जनामा कोरोना संक्रमणः १०५७ जना डिस्चार्ज

meropati

काठमाडौं, १४ असोज । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५५९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५९ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ ।



पछिल्लो २४ घण्टामा एक हजार ५७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४२८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २०१ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: