लोक सेवाका स्थगित सम्पूर्ण पदपूर्ति प्रक्रिया फुकुवा गर्ने सरकारको निर्णय

meropati

काठमाडौं, १६ असोज । सरकारले कोरोना महामारीका कारण स्थिगित गरिएको लोक सेवा आयोगका सम्पूर्ण पदपूर्ति प्रक्रिया फुकुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार लोक सेवा आयोगबाट भएको विज्ञापन अनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका, पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका र नियमित विज्ञापनको सम्पूर्ण पदपूर्ति सम्बन्धी व्यवस्था फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।



कोरोनाका कारण गत वैशाखमा परीक्षा स्थगन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: