आज मलमास , पुर्णिमाको दिन भगवान विष्णु र लक्ष्मीको पुजा आरधाना गर्ने

meropati

काठमाडौं ,१५ असोज । असोज १५ मलमासको यो पुर्षोतम महिनामा परेको पुर्णीमाको दिन आजबाट एक भक्ति भएर भगवान विष्णु र लक्ष्मीको पुजा आरधाना गर्ने हो भने नसोचेका काम बन्छ । यो मलमासको समय भनेको भगवान विष्णुको जप र ध्यान गर्ने समय हो । यो समयमा परेको पुर्णिमाले छुट्टै महत्व बोकेको हुन्छ । आज पुर्षोतम महिनाको असोज १५ पुर्णिमाको दिन आजबाट यसो गर्नु भयो भने तपाईको जिवनमा नसोचेको काम बन्न सक्छ । ज्योतीषशास्त्र अनुसार , आज बिहानै ब्रम्हचारी समयमा उठेर स्नान गर्ने र लसुन, प्याज , माछा मासु केही नखाने शुद्ध भएर चोखो खाना खाने र बेलुकीको सन्ध्याकालीन समयमा आफ्नो पुजा कोठामा गई एक मुठी चनाको दाल, एक मुठी शरसीउको र एउटा बेसारको गाँठोलाई पहेंलो पिताम्बरी कपडामा पोको पारेर पुजा गर्ने ठाउँको एक छेउमा राख्ने र घिउमा बत्ती बाल्ने । त्यसपछी तुलसीको मालालाई एक सय आठ चोटी भगवान श्री विष्णुको मन्त्र जप गर्ने ‘ऊँ क्ल्मि र्सिम विष्णुवाय प्रियाय नमो नम’ यसरी १०८ आठ चोटी मन्त्र जपे गरेपछि आफ्नो इच्छा, चाहाना भगवान श्री विष्णु र लक्ष्मीको अगाडी राख्नुहोस् र तुलसीको मालालाई प्रणायम गरेर तुलसीको मोठमा घिउमा बत्ती बाल्नुहोस् । यसरी यो प्रक्रिया अर्को बिहिबार नआउँदा सम्म गर्नुहोस् अर्थात असोज २२ गते सम्म ।

यो काम गर्दा शुद्ध ब्रम्हचारी भएर तामसी र राजसी भोजलाई त्याग्ने, सकेसम्म पहेंलो वस्त्र लगाउने , अरुको नराम्रो नसोच्ने , यस्तो समयमा दान गर्ने , सम्भव भए पहेंला फलफुल तथा अन्न मात्र खाने आदि । यसरी एक हप्ता सम्म यो गरेपछि अन्तिम दिन २२ गते बेलुकी पनि त्यही विधि गरेर त्यो पोकोलाई लिएर पिपलको बोटमा जाने जाँदा बाटोमा कसैसँग पनि नबोल्ने , बिहिबार पिपललाई छुन नहुने भएकाले त्यो पोकोलाई पिपलको छेउमा आफ्नो इच्छा फेरि एक पटक राख्ने र पिपललाई फर्केर नहेरी आउने यसरी आएपछि स्नान गर्ने । यती गरेपछि तपाईको इच्छा पुरा हुने जस्तो पुत्र लाभ हुने , व्यापार राम्रो हुने काममा सफलता मिल्छ



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: