गम्भीर संकटतर्फ राजधानी, एकै दिन भेटिए १६ सय ३८ कोरोना संक्रमित

meropati

काठमाडौं, १६ असोज ।  कोरोना संक्रमणले काठमाडौं उपत्यकालाई विस्तारै जटिल मोडतर्फ लगेको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका तीन जिल्लामा मात्रै १ हजार ६ सय ३८ जना नयाँ संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौं जिल्लामा १२ सय ८० जना, ललितपुरमा १६२ जना र भक्तपुरमा १९६ जना नयाँ संक्रमित थपिएका हुन्।



 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: