मौसम बदली वर्षाको सम्भावना: आंशिक देखि सामान्य बदली

meropati

काठमाडौं, २१ असोज। बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १, प्रदेश २ र बागमति प्रदेश मा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ। प्रदेश १ का एक दुर्ई स्थानमा वर्षा भइरहेको छ ।बुधबार  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना रहेको छ । शुक्रबार  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: