लुम्बिनी प्रदेशमा प्रहरी अभियान शुरु: बालबालिका माथि हिंसा भएको थाहा पाएमा प्रहरीलाई खबर गर्न आग्रह

meropati

काठमाडौँ ,२८ असोज। कोभिड–१९ को जोखिममा बालवालिकामाथि हुनसक्ने दुर्व्यवहार र  हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीले अभियान शुरु गरेको छ । बालबालिका विरुद्धका दुर्व्यवहार, हिंसा र विपद्का कारण अकालमा ज्यान गुमाउने घटना न्युनिकरण गर्न विशेष कार्यक्रम शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार बैदवारले बताए ।

प्रदेश प्रहरी कार्यालयमा बालबालिकाको बारेमा उजुरी सुन्ने हेल्प डेस्क राखिएको छ । हिंसामा परेकालाई तत्काल उद्धार, उपचार र काउन्सिलिङका साथै हिंसा नियन्त्रण गर्न टोल–टोलमा प्रहरी गस्ती टिममार्फत सचेतना थालिएको छ । बालबालिका माथि हिंसा भएको थाहा पाएमा प्रहरीलाई खबर गर्न प्रदेश प्रहरी कार्यालय लुम्बिनीले आग्रह गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: