थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टिः २१०८ जना डिस्चार्ज, ७८ जना भेन्टिलेटरमा

meropati

काठमाडौं, ४ कात्तिक । देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ९३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ ।



पछिल्लो २४ घण्टामा दुई हजार १०८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९६ हजार ६०९ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख १४ जनाको ७७९ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ५५९ जना र होम आइसोलेसनमा २८ हजार १८६ जना रहेका छन् । आजसम्म देशभर चार हजार २२० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख  ३९ हजार १२९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: