राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्री ओलीले लगाए दसैँको टीका

meropati

काठमाडौं, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट विजयादशमीको टीका ग्रहण गरेका छन् प्रधानमन्त्री ओली पत्‍नी राधिका शाक्यसहित राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यलाई टीका लगाइ दिएका थिए । त्यसबाहेक बालुवाटारमा अरु टीकाको कार्यक्रम नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। कोभिड संक्रमणका कारण यस वर्ष प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम भने यसअघि नै रद्द भइसकेको छ ।



यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी छन्। उनले  बिहान १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरिन्। अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ ।

त्यसैले विगत वर्षमा टिकाको दिन निकै चहलपहल देखिने राष्ट्रपति कार्यालय यस वर्ष सुनसान देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: