थप ५७० जनामा कोरोना संक्रमणः १४ जनाको मृत्यु

meropati

काठमाडौं, ११ कात्तिक । देशभर नोभेल कोरोना भाइरसका थप ५७० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५७० संक्रमित थपिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ ।



देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार १६८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख १८ हजार ८४३ जना डिस्चार्ज भएका छन् ।

आजसम्म १४ लाख ६९४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर ४० हजार ६८१ जना आइसोलेसनमा रहेका छन्  भने दुई हजार ९३२ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ६० हजार ४०० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *