नेपालमा थपिए कोरोनाका ३३ सय ९ संक्रमित, थप ३० जनाको मृत्यु

संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३

खबर खुराक

काठमाडौँ, १९ कात्तिक । नेपालमा कोरोनाभाइरस (कोभिड- १९) का ३ हजार ३ सय ९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार पछिल्लोपटक थपिएका सहित संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।



पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा थप ३० जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कुल संख्या १ हजार ३४ पुगेको मन्त्रालयको आधिकारिक वेबसाइटमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यससँगै घर फर्किनेको कुल संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *