थप ३०५१ जना संक्रमित, ३४३० जना संक्रमणमुक्त

meropati

काठमाडौं, २० कात्तिक । बिहीबार देशभर ३ हजार ५१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । जसमध्ये ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएका छन् । जससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: