पाल्पामा खुकुरी देखाई लाखौं लुटपाट गर्ने पक्राउ

meropati

पाल्पा, २२ कात्तिक । रामपुर नगरपालिका ८ ढकाल चौपारीकी मनकुमारी श्रेष्ठको नगद र सुनका गरगहना चोरी गर्ने दुइ जना पक्राउ परेका छन् ।

मनकुमारीकी बुहारी राममायाँ श्रेष्ठ र पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिका ३ घर भइ हाल रामपुर नगरपालिका ५ बस्ने ३० वर्षीय माधव पंगेनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो ।



गत १८ गते राती साढे एक बजे उनीहरूले खुकुरी देखाइ मार्ने धम्की दिदैं लुटेका थिए । बाकस र दराजमा रहेको नगद ३ लाख ५८ हजार रुपैयाँ र साढे ९ तोला सुनका विभिन्न गरगहना लुटेर भागेका थिए । निरन्तरको खोजतलासका क्रममा उनीहरूले लुकाई छिपाइ राखेको अवस्थामा नगद र सुनका गहना बरामद भएको गिरीले बताउनुभयो ।

उनीहरू विरुद्ध डाका चोरी सम्बन्धि मुद्धा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: