संचारकर्मि काफ्लेको “पिरतिको नशा” सार्वजनिक

विष्णु पान्डेय

पाल्पा,  २८ कार्तिक । संचारकर्मी तथा लोक गायक दिनेश काफ्लेको लय ,शब्द सिर्जनामा “पिरतीको नशा ” लोकदोहोरी गित शुक्रबार सार्वजनिक भएको छ ।

योग्शना डिजिटल म्युजिक प्रालिको यु्ट्युब च्यानलबाट सार्वजनिक यस गितमा दिनेश काफ्ले र धनि गाहाको स्वर समाबेश रहेको छ । विभिन्न लोकगितमा लय शब्द तथा आवाज दिईसकेका काफ्लेले पछिल्लो समयमा पिरतिको नशा ल्याएका हुन् ।



उनले यस अघि “रुपै हेर्ने ऐना” , “गुन” , “पहिलो माया गुमाए” जस्ता गितमा आफ्नो लय , शव्द तथा स्वर दिइसकेका छन् पर्वतको विहादि गाउपालिका वडा न ६ मा जन्मिएका काफ्ले सानैदेखि लोकसँगितमा रुचि राख्दथे ।

“पिरतिको नशा” गितको छायांकन पाल्पाको रानिमहल आसपास र भैरवस्थान मन्दिर आसपासमा गरीएको छ । यस गितको म्युजिक भिडियोमा गायक (सर्जक) दिनेश काफ्ले , खुसी सुनार रमेश आचार्यले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *