गुल्मी जिप दुर्घटना अपडेटः मृतक पाँच जनाको सनाखत (नामसहित)

अनियन्त्रित भएर दुर्घटना

खबर खुराक

तम्घास, १२ मंसिर । गुल्मीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । इश्मा गाउँपालिका-४ हुलबाट तमघासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वडा नं ४ का ६५ वर्षका डम्मरबहादुर धिताल , ३३ का चिवबहादुर दर्लामी , ३० वर्षको वसन्त दर्लामी , ३३ वर्षको धनबहादुर अछामी, मालिका ५ का वर्ष ८० की सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



घाइतेहरुमा वडा नं ४ का १९ वर्षका फर्सुराम थापा , २८ वर्षकी सरस्वती दर्लामी र २६ का कमल धिताङ रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई तम्घास ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

जिप सडकदेखि अनियन्त्रित भई चार सय मिटर तल खसेको थियो । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *