बिर्घास्थित गौतमटोलका पहिरोपीडितलाई बेलायतबाट राहत

meropati

मिलन विश्वकर्मा
पाल्पा, १ पुस । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित गौतमटोलका पहिरोपीडित परिवारलाई थप राहत प्रदान गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा बेलायतमा रहेका नेपालीले पठाएको नगद राहत प्रदान गरिएको हो । १ लाख ८८ हजार नगद रकम राहतस्वरुप प्रदान गरिएको छ। बेलायतमा रहेका नेपालीहरूको संस्था कालिगण्डकी सेरोफेरो समाज (गल्याङ–रिडी) ले सो रकम राहतस्वरूप पठाएको नेपालमा समन्वय गरेका स्थानीय शिक्षक दर्शन रानाले बताउनुभयो ।

पहिरोमा पुरिएर मृत्यु भएका र पहिरोले विस्थापित भएका परिवारलाई प्रदान गरिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष खिमबहादुर थापा र उपाध्यक्ष साबीत्रा कोइरालाले पीडित परिवारको घरमा पुगेर राहत रकम प्रदान गर्नुभएको हो ।



गत असोज ८ गते पहिरोले घर भत्किएर पुरिँदा मृत्यु भएका गौतमटोलका १७ वर्षीय विष्णु दमाईको परिवालाई ८६ हजार नगद राहत प्रदान गरिएको छ । यस्तै पहिरोले विस्थापित भएका सोही ठाउँका प्रेम परियारलाई ७६ हजार नगद प्रदान गरिएको नेकपाका वडा सचिव नारायणप्रसाद पाण्डेले बताउनुभयो । यता समाजले राहतस्वरूप पठाएको २६ हजार स्थानीय मृगौला पीडित सुमन दमैलाई प्रदान गरिएको छ ।

राहत रकम प्रदान गर्दै गाउँपालिका अध्यक्ष थापाले विदेशमा पसिना बगाएर कमाएको रकमबाट गाउँघरमा दुःख पाएका परिवारलाई सहयोग गर्नु सराहनीय कार्य भएको बताउनुभयो । ‘एउटा मानिसले अर्को मानिसको दुःखमा साथ दिनु भनेको नै मानवीयता हो’ उहाँले भन्नुभयो ‘स्थानीय सरकारले पीडित परिवारको लागि आवश्यक थप सहयोग गर्नेछ ।’ पहिराले विस्थापित भएका परिवारलाई गाउँपालिकाले घर बनाइदिने उनले दोहो¥याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: