आर्थिक अभावले थप उपचार नपाएका पोमबहादुरलाई अमेरिकाबाट सहयोग

meropati

मिलन विश्वकर्मा
पाल्पा, १० पुस । मेरूदण्डको गम्भीर बिरामी परेका तानसेन नगरपालिका ६ लामडाँडाका ५१ वर्षीय पोमबहादुर विश्वकर्मालाई थप सहयोग जुटेको छ । ‘उपचार गर्ने पैसा छैन्, मालिकले घर छाड्न भने, परिवारकै विचल्ली’ शीर्षकमा थाहा खबरमा प्रकाशित भएको समाचार पढेर अमेरिकाबाट सहयोग प्राप्त भएको हो ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ बिर्घास्थित घरबारी भन्नेठाउँमा घर भइ हाल अमेरीकाको टेनेसी बस्दै आएका मोहन पाण्डेयले नगद ३४ हजार सहयोग गर्नुभएको हो । उहाँले थाहा खबर पाल्पाका समाचारदाता मिलन विश्वकर्मामार्फत सो रकम पठाउनुभएको हो । पोमबहादुरको दुखमा साथ दिन आफूले सहयोगस्वरु नगद पठाएको उहाँले बताउनुभयो ।



पाण्डेले पठाएको सहयोग रकम तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीसहित दलित अगुवाको टोली बिहिबार घरमै पुगेर हस्तान्तरण गरिएको छ । अर्काको मूलुकमा पसिना बगाएर कमाएको पैसा सहयोग स्वरूप पठाउने मोहन पाण्डेलाई नगरप्रमुख शाहीले धन्यवाद दिनुभयो । एउटा नेपालीको दुःखमा अर्को नेपालीले सहयोग गर्नुले समाजमा अझैपनि मानवीयता जिवित छ भन्ने पुष्टि भएको उहाँले बताउनुभयो। घर बनाउनको लागि नगरपालिकाले आवश्यक जमिन उपलब्ध गराउने शाहीले आश्वासन दिनुभयो । आर्थिक अभावले जीवनमरणको दोसाँधमा रहेका पोमबहादुर र उहाँको परिवारलाई थप सहयोग गर्न उहाँले अपिल गर्नुभयो ।

दलित अधिकारका लागि साझा अभियान पाल्पाका पूर्व अध्यक्ष तीर्थप्रसाद गौतमले पाण्डेले गरेको सहयोगले पीडित परिवारलाई ठूलो राहत मिलेको बताउनुभयो ।

विगत २ वर्षदेखि बिस्तारमा मुढाजस्तै पल्टिरहेका पोमबहादुरलाई दिशा पिसाबसमेत पाइपबाट गर्नुपर्ने अवस्था छ । श्रीमती पूर्णकुमारीले उहाँको रेखदेख गर्दै आउनुभएको छ । मेलापातमा हिड्न समेत नपाएकी पूर्णकुमारीलाई बिरामी श्रीमानसहित ४ जना साना छोराछोरी पाल्न धौधौ भएको छ । अर्काको जमिनमा सानो छाप्रो बनाएर बस्दै आएको आफ्नो परिवारलाई जमिनका मालिकले घर छाडेर जान दबाब दिइरहेको पूर्णकुमारीले बताउनुभयो ।

छिमेकीको घरमा दाउराको लागि रुखका हाँगा काट्नेक्रममा उनी २ वर्षअघि लडेर घाइते हुनुभएको थियो । पोमबहादुरको ढाडको मेरूदण्ड भाँचिएको छ । अहिले ढाडबाट मूनिको भाग नै चल्दैन्। अण्डकोष पनि काटेर फालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *