राष्ट्रिय सभामा सरकारलाई विधेयक पारित गर्नै गाह्रो

खबर खुराक

१७ पुस, काठमाडौं । राष्ट्रिय सभामा सरकारलाई विधेयक पास गर्नै गाह्रो पर्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि ओली समूहलाई विधेयक पास गर्न आवश्यक संख्या राष्ट्रिय सभामा नपुग्ने भएकाले सरकारले राष्ट्रियसभामा बहुमत गुमाएको छ ।

राष्ट्रिय सभामा ५९ जना सदस्य रहन्छन् । यसमा कांग्रेसका ६ जना छन् । जसपाका तीनजना सदस्य छन् । मनोनित सांसद तीनजना छन् । अध्यक्ष र उपाध्यक्षलाई समेत जोड्दा राष्ट्रिय सभामा नेकपाका ४७ जना सदस्य छन् । मनोनित तीनजना पनि नेकपाबाटै गएका हुन् । यसरी हेर्दा नेकपाका सदस्य ५० पुग्छन् । ५० मा ओली समूहका २५ र प्रचण्ड–नेपाल समूहका २५ जना छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *