काठमाण्डु, १७ पुस– प्रधानमन्त्री केपी ओलीले आफू पक्षधर मुख्यमन्त्रीहरुको पद जाने भएपछि प्रदेशसभा विघटनको तयारी गरिरहेको चर्चाबीच ओली पक्षधरले संघीयता नै खारेज गरेर अघि बढ्न सुझाव दिन थालेका छन् ।
पछिल्लो समय ओलीलाई भेट्ने उनी निकटस्थले संघीयता खारेजीका लागि सुझाव दिने गरेको ओली पक्षधर केन्द्रीय सदस्य एव. सांसद निरु पालले बताइन् । ‘यो संघीयता भन्ने घाँडो नेपालमा काम छैन’, पालले भनिन्, ‘प्रधानमन्त्रीलाई संघीयता खारेज गर्न धेरैतिरबाट सुझाव आएको छ, मैले पनि त्यही सुझाव दिएकी छु ।’ ओली पनि संघीयता काम छैन भन्ने निस्कर्षमै रहेको दाबी पालको छ ।
नेकपाको प्रचण्ड–माधव समूहले ओली गणतन्त्र संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धी मन नपराउने व्यक्ति भएको टिप्पणी गर्दै आएका छन् । अनिच्छापूर्वक ओलीले स्वीकार गरेजस्तो गरे पनि गणतन्त्र र संघीयतामाथि ओलीबाट खतरा रहेको विश्लेषणा उनीहरुको थियो ।
ओलीले संविधानमा हुँदै नभएको अधिकमार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको भन्दै प्रचण्ड–नेपालले अब संघीयता र गणतन्त्रमाथि ओलीले आक्रमण गर्ने तयारी गरेको आरोप लगाउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस