फलोस फुलोस् जीवन जन्मदिनको शुभकामना

खबर खुराक

ईन्द्र थापा मगर
गुल्मी,४ माघ

हाँस्नु साथी धेरै धेरै दुःख हटोस् पर पर
नाँच्नु साथी धेरै धेरै खुसी आओस् वर वर ।।



शितल छाओस् वसन्तको बहार सधैँभरि
बाँच्नु साथी धेरै धेरै सुख छाओस् वर पर ।।

भाग्य आफ्नो आफैँ बन्छ कर्म गर्नु धेरै धेरै
आँट्नु साथी धेरै धेरै भाग्य चम्कोस् टलटल ।।

राम्रो काम कृति राख्न गर्दै जानु समाजमा
राख्नु साथी धेरै धेरै नाम आओस् हरपल ।।

के लानु छ कति र छाडेर जानु छ बुझी
सेवा गर्नु साथी धेरै धेरै नाम रहोस् परपर ।।

दिन खै म के सक्छु र हिरा मोती छैन साथमा
फलोस् फुलोस् जीवन जन्मदिनको शुभकामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *