कास्कीको याम्दीमा जिप दुर्घटना

दुईको मृत्यु सात घाइते

खबर खुराक

कास्की,४ माघ
पोखरा बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका १० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना रहेकामा घाइतेको अहिले सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । पोखरा २५ हेम्जाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।



जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ । दुर्घटनामा एक जनाको मृत्यु इनरुवा सुनसरीको इटहरी उपमहानगरपालिका१ आँपगाछीमा शनिबार साँझ सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धरान१० का ३० वर्षीय विक्रम चेमजोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इटहरीबाट धरानतर्फ जाँदै गरेको को ३२ प ६७१६ नंको मोटरसाइकल र धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ५५२७ नंको ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार चेमजोङको ज्यान गएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । मोटरसाइकलमै रहेका धरान१० का साइल तुलाधर घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *