संविधानको हत्या हुँदा हाँस्न सक्दैनौं : प्रचण्ड

meropati

काठमाण्डौ, ४ माघ
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० प्रचण्ड(माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताएका हुन् । तर, सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गरे ।

अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं’, उनले भने । अहिलेको व्यवस्था नै ओलीको चाहना नभएको प्रचण्डको आरोप लगाए । ‘आन्दोलनको उत्सव चलिरहँदा उहाँ गोरुगाढाको कथा सुनाउँदै बस्नु हुन्थ्यो । आन्दोलनले गणतन्त्र ल्याउनु र गोरुगाढाबाट अमेरिका पुग्नु एउटै भन्नु हुन्थ्यो’, प्रचण्डले भने ।ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरेको प्रचण्डले बताए ।



‘प्रतिक्रियावादीहरुसँग साँठगाँठ भयो । त्यो अमान्य छ । घृणा गर्छौं । त्यो पतनको बाटो अस्वीकार्य छ’, प्रचण्डको भनाइ थियो । ओलीलाई प्रधानमन्त्री पार्टी बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको उनले बताए । ‘बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो । बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो ।

साथीहरुको विश्वास लिन सक्नु भएन’, उनले भने । ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिडेको प्रचण्डले आरोप लगाए । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने नारा भ्रष्टाचारी जोगाउनकै लागि ओलीले प्रयोग गरेको प्रचण्डको भनाइ थियो । अख्तियारमा मुद्दा चलिरहेका व्यक्तिलाई समेत ओली आफैले सफाइ दिने गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *