राजनीति नै अस्थायी भए कहिले बन्छ देश

खबर खुराक

गुल्मी, ४ माघ
राजनीति नै अस्थायी भए कहिले बन्छ देश बन्दैन समृद्ध नेपाल बद्लिने भो भेष युवाको पालो आउँदैन बृद्दले देश चलाउँछन् कहिले हुन्छ विकास देशको ईतिहास जलाउछन् भनिन्छ नयाँ कामको सुरुवातको लागि ईतिहास पल्टाउन जरुरी हुन्छ । पुर्खाको कामको अवलोकन गर्नुपर्छ तर यहाँ ईतिहास लत्याएर आफू खुसी काम गर्ने गर्दा न त कहिले काम पूरा हुन्छ न त विकास । विकास गर्छन् भनि आस गरेका गरिब जनता राजनैतीक अस्थिरताको कारण निरास बनेका छन् आँखिर कहिले सम्म देशको शासन व्यवस्था हलचल भईरहन्छरुरु भनिन्छ राम्रो कामको लागि नराम्रो कदम हटाउनुपर्छ तर हाम्रो देशमा राम्रो कदम चालि नराम्रो छोड्नुको सट्टा झन् अङ्गाल्दछन् । देश समृद्ध बन्न पहिला स्थायि राजनीति हुनुपर्छ ।

शासनकाल बलियो हुनुपर्छ तर यहाँ को भन्दा को कम भनेर बनेको शासन पनि ढाल्छन् विकास त कहाँ हो कहाँ खालि बिनास मात्र यसरि न त देश विकास हुन्छ न गरिब जन्ता खुसी११ विकसित राष्ट्रहरूमा युवाले देश चलाउँछन् वृद्धले पेन्सन लिन्छन् तर हाम्रो देशमा वृद्धले देश चलाउँछन् युवालाई टेन्सन दिन्छन् । लाखौँ जनताको भरोसामा चुनाव जिताएर देश बलियो बन्छ भनि पद हस्तान्तरण गरिन्छ तर नेता जब कुर्चिमा पुग्छन् आफ्नो कर्तव्य बिर्सन्छन्। गरिब जनताको आसाको दियो निभ्छ न त गरिबदुखिको आसाको दियो बल्छ न त देशको मुहार फेरिन्छ।। जब खम्बा बलियो हुँदैन तब त्यो घर बलियो हुँदैन ।



त्यस्तै जब नेता ईमान्दार हुदैन तब देश बलियो बन्दैन एउटा पार्टी बलियो नभएपछि कहिले देशको बारेमा सोच्ने कहिले युवा परिचालनको बारेमा सोच्नेरुरु दक्ष युवा बेरोजगार भएर ९०ड्ढको खाडिमा पसिना बगाउनुपर्छ लाखौँ युवा रिनधन गरेर कमाएको मार्कसिट फालि रोजगारको सिलसिलामा विदेश जानुपर्छ। देशको स्रोतसाधन कहिले परिचालन हुन्छ । हो हाम्रो देशमा दक्ष कामदार छैनन् भन्दैमा अरुको अगाडी हात फैलाउनुभन्दा आफ्नै देशमा युवा दक्ष बनाउन सकिँदैन।

भनिन्छ कुकुर रत्याय त भनेको मान्छ हामी त मान्छे हौ नि गरे असम्भव भन्ने केही छैन जबसम्म लाखौँ युवा नै खाडीमा हराउँछन् तबसम्म यो देश विकास होइन विनास तर्फ धकेलिन्छ । अबको देशको मुहार फेर्न युवा नै परिचालन गर्न जरुरी छ । म होईन हामी भन्ने सोच लिएर अगाडि बढ्नु जरुरी छ। ५्५ वर्षे शासनकाल भनेर ३ बर्षमा ढाल्ने होईन स्थायि सरकार हुन जरुरी छ ।

त्यसैले भोलि होईन आजैबाट देशको बारेमा सोच्नुपर्छ, अहिले नगरे कहिले गर्ने आज नसोचे कहिले सोच्नेरुरु देशको स्थिति बिग्रँदै गए आउने पुस्ताले के सिक्छन्रुरु ईतिहास कस्तो बन्छरुरु समृद्ध देश निर्माणको लागि स्थायी राजनीति दक्ष युवा परिचालनमा केन्द्रित र दक्ष जनशक्ति उत्पादन हुनुपर्छ । जब युवा नै देशमा रहदैनन् त कदापि परिवर्तन हुँदैन समृद्ध नेपाल बन्दैन । जय देश । । 

बबिता थापा सन्ध्या

रिब्दिकोट ०७ बतासे पाल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *