संसारकै शक्तिशाली भनिएको रकेटको परीक्षण रद्द

meropati

काठमाण्डौ, ५ माघ
अमेरिकी वैज्ञानिक संस्था नासाको नयाँ मेगारकेटु द स्पेस लन्च सिस्टम एसएलएसको महत्त्वपूर्ण इन्जिन परीक्षण रद्द गरिएको छ । परीक्षणमा चारै वटा इन्जिन चलाइएको थियो तर करिब १ मिनेटभन्दा केही बढी समयपछि नै बन्द गरिएका थिए । रकेटलाई अन्तरिक्षको कक्षमा पुर्याउनका लागि ती इन्जिन आठ मिनेटसम्म चल्नुपर्ने थियो । एसएलएस नासाको आर्टेमीस कार्यक्रमको हिस्सा हो जसले अमेरिकालाई यो दशकमा पुनः चन्द्रमाको सतहमा पु¥याउने लक्ष्य लिएको छ ।

एसएलएसको महत्त्वपूर्ण परीक्षण मीसीसीपीस्थित स्टेनीस स्पेस सेन्टरमा गरिएको थियो । यो वर्षको अन्त्यतिर यसले आफ्नो पहिलो उडान भर्दा यो अन्तरिक्षका लागि पृथ्वीबाट उड्ने सबैभन्दा शक्तिशाली रकेट बन्ने बताइएको छ । परीक्षण टोलीले इन्जिनमा भएको कमी पत्ता लगाउन तथ्याङ्क अध्ययन गरिरहेका छन् । चारै वटा आरएस(२५ इन्जिन पहिलो पटक एकसाथ चलाइएको थियो जसलाई ’हट फाएर’ परीक्षण भनिन्छ । उक्त परीक्षणका लागि रकेटलाई बी(टु टेस्ट स्टयान्ड भनिने स्टिलको विशाल संरचनामा राखिएको थियो ।



ग्रिन रन भनिने मूल्याङ्कन कार्यक्रम अन्तर्गतको यो आठौँ र अन्तिम परीक्षण थियो। उक्त कार्यक्रम नासा र अमेरिकी विमान निर्माता बोइङका इन्जीनियरहरूले सञ्चालन गरिरहेका हुन् । नासाको पूर्वप्रशासक जीम ब्रीडेन्सटाइनले शनिवारको कार्यक्रम विफल नभएको बताउँदै भनेः त्यसै कारण परीक्षण गरिन्छ। अमेरिकी अन्तरिक्ष यात्रीहरूलाई अमेरिकी रकेटमा राख्नु अघि यो पूर्ण रूपमा सक्षम हुन आवश्यक रहन्छ ।

हट फाएर पुनः गर्ने वा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा रकेट पुर्याएर आर्टेमीस(१ भनिने मानवरहित पहिलो उडान परीक्षण गर्नेमा अधिकारीहरू अझै निर्णयमा पुगेका छैनन् । के कुरामा समस्या भएको हो र यसलाई ठिक गर्न कत्तिको गाह्रो हुन्छ भन्ने कुरामा यो भर पर्छ,ु उनले भने । यो वर्षमै रकेटको उडान सम्भव होला भन्ने प्रश्नमा उनले भने, ुयो अहिले नै भन्नु चाँडो हुन्छ जस्तो मलाई लाग्छ । के कुरा गलत भएको हो भन्ने कुराले भविष्यमा के हुन्छ भन्ने कुराबारे थाहा दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *