केपी ओली जस्तो भेडालाई तह लगाउन हामी सिंह बनेर गर्जिनै पर्छ :प्रचण्ड

प्रधानमन्त्री ओलीले खलनायक भएर संविधान र गणतन्त्रको हत्या गर्न खोजेको आरोप

खबर खुराक

काठमाण्डौ, ५ माघ
नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली खलनायक भएको आरोप लगाएका छन् ।

प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ अनेमसंघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले खलनायक भएर संविधान र गणतन्त्रको हत्या गर्न खोजेको आरोप लगाए ।



ओलीले गणतन्त्र र संविधानको हत्या गर्न खोजे, उनी यसका लागि खलनायक नै सावित भइसकेु उनले भने, धेरै समय चाहिँदैन । एकाध महिना हामी जुर्मुराएर गर्जिएपछि हाम्रो जित हुन्छ । प्रधानमन्त्री ओलीलाई उनले भेडाको संज्ञा दिए । केपी ओली जस्तो भेडा सँग संगत गरेका थियौ हामी सिंहका सन्तान हौ ।

एक पटक जुरुक्क उठेर गर्जिएपछि भेडासँग सिंहको जित अवश्यक हुन्छु उनले भने। प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको हुनाले अदालत र निर्वाचन आयोगसँग पूर्ण रूपमा विश्वास रहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *