सुडानमा मिलिसिया आक्रमण : ८३ जनाको मृत्यु, १ सय ६० बढी घाइते

meropati

काठमाण्डौ, ५ माघ
सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिसियाले गरेको आक्रमणमा ८३ जना भन्दा बढीको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था सुना न्यूज एजेन्सी०ले आइतबार जनाएको छ ।

गत शनिबारबाट सुरु भएको झडपमा अन्य एक सय ६० जना घाइते भएका उपचारमा सम्लग्न चिकित्सक तथा अस्पताल स्रोतलाई उद्धृत गरी सुनाले लेखेको छ । शनिबार बिहान देखि एल जेनिना सहरमा भएका रक्तपातपूर्ण घटनाहरू अझै जारी छन्, जसमा हाम्रो तथ्यांकअनुसार ८३ जना मारिएका र १ सय ६० जना घाइते भएका छन्सु नाले पश्चिम डार्फर राज्यमा रहेको चिकित्सकहरूको समितिलाई उद्धृत गरी लेखेको छ ।



सुरक्षा बल र मेडिकल सेवासहितको यातायात साधन उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको उक्त समितिले थप जानकारी दिएको छ । पश्चिम डार्फरमा शनिबारदेखि चलेको यस घटनालाई नियन्त्रणमा लिन स्थानीय अधिकारीहरूले निषेधाज्ञासमेत जारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *