दिलिप पौडेल
बुटवल, ५ माघ । हाम्रो संस्कृति , हाम्रो संस्कार जोगाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ दिपक थापा माईथाने मगरको मौलिक कौराहा गित ” ए साहिली कभर भिडियो प्रतियोगिता २०७७ ” समापन समारोह तथा सासंकृतिक कार्यक्रम बुटवल ईट्टाभट्टी स्थित एसियन पार्टी प्यालेसमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रीत लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले मगर जातिको संस्कार र संस्कृति जोगाउन आफुले आफ्नो ठाउँबाट पहल र प्रयास गर्नुपर्ने बताउनु भयो।
मगर जातिको मुल संस्कृति बचाउने उद्देश्यले अायोजना गरिएको उक्त कार्यक्रम को अध्यक्षता चमेलि थापाले गर्दा सञ्चालन दिपु मगर ले गर्नु भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिको रूपमा दलबहादुर बिर्कट्टा अतिथि को रूपमा गिता सारू , तुल सारू, मनिष पाल को उपस्थिति थियो ।
कार्यक्रममा रूपन्देही मात्रै नभएर स्याङ्जा ,तनहुँ ,पाल्पा , चितवन जिल्ला देखि मगर समुदायका कलाकार हरूको उपस्थिति थियो। कार्यक्रम को आयोजक बिलन ईन्टरटेनमेन्ट प्रालि र माईथाने ईनटरटेनमेन्ट रहेका छन ।
उक्त कार्यक्रम को मिडिया पार्टनरको रूपमा नयाँ खबर नेपाल रहेको थियो।
प्रतिकृया दिनुहोस