आज उच्च हिमाली भूभागका एक दुई ठाउँमा हिमपातको सम्भावना

खबर खुराक

काठमाण्डौ, ८ माघ
आज उच्च हिमाली भूभागका एक दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । यस्तै आज धेरैजसो भूभागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिक देखि सामान्य बद्ली भएको छ ।



महाशाखाका मौसम विद् सजिना शाक्यकाअनुसार अहिले तराईका धेरैजसो भूभागमा बिहानै देखि हुस्सु र कुहिरो लागेको छ । तराई क्षेत्रमा तापक्रम घट्ने भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद् शाक्यको आग्रह छ ।

आज दिउँसो पनि प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर अरु भूभागमा मौसम सफा रहने उहाँको भनाइ छ । यस्तै प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बद्ली रहेर देशका बाँकी भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *