पछिल्लो २४ घण्टामा मुलुकभर थप १३४ जनामा कोरोना संक्रमण पुष्टि

meropati

काठमाण्डौ, २८ माघ ।
पछिल्लो २४ घण्टामा मुलुकभर थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार ३ सय ४९ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १७ सय ५३ छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए अनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन् । नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार ४७ जनाको मृत्यु भइसकेको छ ।



पछिल्लोपटक ११८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६८ हजार पाँच सय ४९ जना संक्रमणमुक्त भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या ८८ छ। नेपालमा हालसम्म २१ लाख चार हजार ६ सय २६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *