सूर्य भन्दा अर्बौं गुणा ठूलो ब्ल्याक होल एक्कासी गायब भए पछि वैज्ञानिक चिन्तित

meropati

ब्ल्याक होल कालो छिद्र जति जानकारी वैज्ञानिकसँग छ, त्यसको रहस्य पनि उत्तिकै रोचक छ । अहिले विश्वभरका खगोलशास्त्रीहरु ब्ल्याक होलसम्बन्धी जानकारी जुटाउन लागिपरेका छन् ।

हालै पाइएको एक तथ्यले सबै खगोलशास्त्रीलाई चिन्तित तुल्याएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको भन्द्र एक्सरे अब्जरर्बेटरी र हब्बल स्पेस टेलिस्कोपमार्फत खोजे पनि एक विशाल ब्ल्याक होल भेटिएको छैन ।



तारापुञ्जको आधारमा यो ब्ल्याक होलको वजन हाम्रो सौर्य मण्डलको मुख्य सदस्य सूर्यभन्दा पनि करिब एकसय अरब गुणा बढी छ । तर, आफ्नो स्थानमा नभेटिए पछि वैज्ञानिक चिन्तामा परेका हुन् ।

अचानक यति भिमकाय ब्ल्याक होल कसरी गायब हुनसक्छ भन्ने प्रश्नले खगोलशास्त्रीबीचमा चर्चा भइरहेको छ । उक्त ब्ल्याक होल पृथ्वीबाट २।७ अरब प्रकाशवर्ष टाढा अबेल २२६१ ग्यालेक्सी क्लस्टरमा हुनुपर्ने थियो ।

तर, अहिले ब्ल्याक होल आफ्नो स्थानमा देखिएको छैन। लगभग हरेक ग्यालेक्सीमा एउटा ब्ल्याक होल हुन्छ। जसको द्रव्यमान हाम्रो सूर्यभन्दा करोडौं गुणा बढी हुने गर्दछ । ब्ल्याक होल नै यस्तो शक्ति हो जसले पूरै ग्यालेक्सीलाई सन्तुलनमा राख्ने काम गर्दछ ।

खगोलशास्त्रीका अनुसार हालै गायब भएको ब्ल्याक होल ब्रह्माण्डका सबै ब्ल्याक होलमध्ये विशालको सूचीमा थियो । चन्द्रमाबाट १९९९ र २००४ मा पाइएको तथ्यांकको आधारमा यसको खोजी सुरु गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: