डेटिङ एपमा विवाहको आश्वासन दिएर लाखौं रकम ठगी

खबर खुराक

सामाजिक सञ्जालले मानिसलाई नजिक मात्र बनाएको छैन । आपराधिक मानसिकता भएका मानिसलाई ठग्ने बाटो पनि खोलिदिएको छ पछिल्लो समय विश्वमा विवाह र आफूले मनपर्ने मान्छे खोज्नका लागि विभिन्न एपहरू बनाइएका छन् ।

सोही एपको सहायताले महिला तथा पुरुषले आफ्नो जोडी खोज्छन् र कुरा मिलेसम्म विवाह पनि गर्छन् । तर, गलत नियत भएकाहरुले त्यसलाई आफ्नो कमाइखाने भाँडोका रुपमा पनि प्रयोग गरेको पाइन्छ । यस्तै एक घटना भारतमा भएको छ ।



जहाँ डेटिङ एपमा विवाहको आश्वासन दिँदै महिलबाट लाखौं रकम लुटिएको छ । महाराष्ट्रको पुणेमा डेटिङ एपमार्फत एक महिलाबाट करिब १९ लाख रुपैयाँ लुटिएको छ । एक व्यक्तिले डेटिङ एपमा फेक प्रोफाइल बनाएर महिलालाई आफ्नो प्रेम जालमा फसाए ।

पछि विवाहको प्रलोभन दिँदै महिलाबाट करिब १९ लाख २० हजार रुपैयाँ लुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसरा डेटिङ एपमा फेक प्रोफाइल बनाउने व्यक्तिले महिलासँग आफू अमेरिकामा एक सर्जनका रुपमा कार्यरत रहेको बताएका थिए ।

उनीहरुले लामो समयदेखि एपमा कुराकानी गर्दै आएका थिए । इन्डियन एक्सप्रेसको रिपोर्ट अनुसार महिलाले फरक फरक अकाउन्टमार्फत करिब १९ लाख २० हजार रुपैयाँ पठाएकी थिइन् ।

महिलाले दिएको चाहेरे अनुसार पीडित महिलाको फेक प्रोफाइल बनाउनेसँग २०२० अक्टुबरमा पहिलोपटक एपमा चिनजान भएको थियो । पुरुषले आफू अमेरिकामा सर्जनका रुपमा कार्यरत भएको भन्दै विवाहपछि उतै लैजाने विश्वास दिलाए ।

अमेरिकाबाट फर्किनेबित्तिकै आफूसँग विवाह गर्ने वचन दिएको पीडित महिलाले प्रहरीकहाँ दिएको उजुरीमा उल्लेख छ । महिलाले अमेरिका जाने प्रलोभनमा आएर विभिन्न अकाउन्टबाट ती व्यक्तिलाई १९ लाख रुपैयाँ पठाएकी हुन् ।

गत बुधबार मात्रै उनले आफूसँग धोका भएको थाहा पाइन् । त्यसपछि तत्काल प्रहरी चौकीमा पुगेर आफूबाट रकम लिनेविरुद्ध उजुरी दिइन् ती व्यक्तिले आफ्नी आमाको स्वास्थ्य स्थिति नाजुक रहेको तथा कहिले नयाँ व्यवसाय सुरु गर्नका लागि रकम चाहिएको बताएका थिए ।

एकपटक त उनले आफूलाई अमेरिकाको एयरपोर्टमा आफूलाई पक्राउ गरिएकोसमेत बताएका थिए । प्रहरीले पीडित महिलाको नाम भने खुलाएको छैन । उनी माथि धोका धडी गर्ने विरुद्ध साइबर ब्यूरोले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: