अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज न्युजिल्याण्डले जित्यो

खबर खुराक

अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज न्युजिल्याण्डले जितेको छ । पाँच खेलको सिरिजमा निर्णायक रहेको अन्तिम खेलमा घरेलु टोली न्युजिल्याण्डले अष्ट्रेलियालाई सात विकेटले पराजित गरेको हो। अष्ट्रेलियाले जितका लागि दिएको १४३ रनको लक्ष्य न्युजिल्याण्डले १५ दशमलव ३ ओभरमा तीन विकेटको क्षतिमा सहजै भेट्टायो। न्युजिल्याण्डका मार्टिन गप्टिलले सर्वाधिक ७१ रन बनाए। यस्तै डेभोन कोनवेले ३६ रन बनाए । ग्लिन फिलिप्सले अविजित १६ बलमा ३४ रन जोडे र आफ्नो टोलीलाई सिरिज दिलाए। अष्ट्रेलियाका रिले मेरिथले दुई विकेट लिए । त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४२ रन जोडेको थियो । उसका लागि म्याथ्यु वेडले सर्वाधिक ४४ रन जोड्दा कप्तान आरोन फिन्चले ३६ रन बनाएका थिए । अष्ट्रेलियालाई मध्यम स्कोरमा रोक्ने क्रममा सोधीले तीन तथा बोल्ट र साउथीले समान दुईरदुई विकेट लिए । पाँच खेलको सिरिजमा यसअघिका खेल अष्ट्रेलिया र न्युजिल्याण्डले समान दुई–दुई जितेका थिए।सिरिजको पहिलो र दोस्रो खेल न्युजिल्याण्डले क्रमशः ५३ र ४ रनले जितेको थियो । त्यस पछिका दुई खेल अष्ट्रेलियाले ६४ र ५० रनले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *