इटलीमा काेराेनाकाे जाेखिम फेरि बढ्याे

खबर खुराक

बर्दीया, २९ फागुन । इटलीमा पर्सि देखि धेरैजसो क्षेत्रका पसल, रेष्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम फेरि बढ्दै गए पछि इटलीमा प्रतिबन्धात्मक नियम लागू गरिने भएको हो ।

प्रधानमन्त्री मारिओ द्राघीले महामारीको चेतावनी पछि पर्सि देखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको बीबीसीले जनाएको छ । त्यहाँको पर्व इस्टरका बेला इटलीमा अप्रिल ३ देखि ५ सम्म पूर्णरुपमा बन्द हुने छ ।



इटालीमा कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढिरहेको छ । अहिलेसम्म इटलीमा एक लाख भन्दा धेरै कोरोना सङ्क्रमितको ज्यान गइसकेको छ । झण्डै ३२ लाख मानिस सङ्क्रमित छन् ।

कोरोना भाइरसविरुद्धको खोप अभियानसमेत प्रभावित भइरहेको छ । इटलीले अक्सफोर्ड(एस्ट्राजेनेकाले विकास गरेको खोप अभियान समेत स्थगित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *