देशको अवस्था देख्दा आँसु आउँछ तर केही गर्न सकिदैन त्यस्तो कुनै अवस्था छैन

ईन्द्र थापा मगर

जहाँ हामी गरिब सोझा जन्ताको आवाज सुनियोस् । गरिबको छोरा लाखौँ खर्च गरेर पढेर ऋण खोजेर मरुभूमि धाउनुपर्छ हामी नेपाली यो समस्या कहिलेसम्म झेल्नुपर्ने रुरु कहिले सम्म डिग्री मार्कसिट हातमा लिई जागिरको लागि चोकचोकमा धाउनुपर्ने भनिन्छ पढेकोलाई अवसर मिल्छ तर कहिले रु लाखौँ खर्च गरेर सहरमा राखेर पढाउनुहुन्छ आमा उसको भविष्यको बारेमा सोच्नुहुन्छ के गर्नु हाम्रो देशको अवस्था नै यस्तो छ पढेर जागिर पाउनु त कहाँ हो ऋण खोजेरै फेरि मरुभूमि जानु पर्छ यता साहु दिनदिनै पैसा माग्न आउँछ उता छोरा बाकसमा आउँछ। यो अहिले हामी नेपालीको समस्याको जड बनेको छ ।

खाडीमा ड्ढ गर्मिमा पसिना बगाउँदा पनि छाक टार्न धौधौ परेका हुन्छ । सबै युवा बिदेश जानाले न त हाम्रो देशको उन्नति हुन्छ । सबै वारि बाझिएर उराठलाग्दो भईसकेको छ। छोरा बिदेश बुहारी सन्तानको भविष्य बनाउन बजारतिर गाउँमा बुढा आमाबाबु के गरुन् रु यस्ता धेरै समस्या निम्तिएको छ अहिले हाम्रो देशमा । जब सम्म युवा पलायन रोकेर देशमै रोजगार दिन सकिदैन तबसम्म लाखौँ युवा खाडीमा मरिमरि काम गर्नुपर्छ।। आफ्नो देशमै प्रशस्त उद्योगकलकारखाना खोलेर सबैले मिल्दो जागिर पाउनुपर्छ ।



कति मेहनत गरेर पढ्यो जागिर पाउने बेला आफ्नो मान्छे राख्ने घुस लिने यो सबले अहिलेक‍ो अवस्था नै बिग्रदो छ । पढेका युवा खाडितिर जादा अलिअलि पढेकाले जागिर पाउँछन् विद्यालयमा होस् या कुनै बिजनेस । यसरि न गुणस्तरीय पढाइ हुन सकेको छ न कुनै उद्योग सन्चालन । कहिले सम्म आफन्त घुसाउने शिक्षा न्यून अवस्थातिर खस्काउने रुअहिलेको समय प्रतिस्पर्धाको समय हो यहाँ कोही पनि नपढेर बस्दैनन् सबैलाई आफ्नो देशमा पसिना बगाउने ईच्छा छ सम्भव पनि छ तर अस्थायी राजनीति आफ्नोपनले गर्दा सबैले मरुभूमि धाउनैपर्छ ।

मेरो बिचारमा जसले पढेको छ जो गर्न सक्षम छ उनिहरुलाई त्यही अनुसार रोजगार मिलोस् आँसु बगाउदै परिवारसँग छुट्टिन नपरोस् । देशको मुहार फेर्नु छ भने युवालाई देशमै परिचालन गर्नुपर्छ आफ्नोपनको हेराई अन्त्य गर्नुपर्छ । जब सम्म देशमा युवा परिचालन हुदैँन तब सम्म डिग्रीक‍ो मार्कसिट प्रयोगमा आउँदैन ।

जय देश जय युवा
बबिता थापा सन्ध्या
रिब्दिकोट ०७ बतासे पाल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: