इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी

meropati

इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारत ६६ रनले विजयी भएको छ । पुनेमा तीन सय १८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरको खेल सकिँदा २ दसय ५१ रन मात्रै बनाउन सक्यो ।

भारतले ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै ३ सय १७ रन बनाएर इंग्ल्याण्डलाई ३ सय १८ रनको लक्ष दिएको थियो । भारतका लागि शिखर धवनले सर्वाधिक ९८ रन बनाएका थिए । यस्तै इंग्ल्याण्डका लागि जोनी बायरस्टोले सबैभन्दा धेरै ९४ रन बनाएका थिए ।



यी दुई देश बीच तीन वटा एकदिवसीय खेल हुँदैछन् । यसअघि भएको टेष्ट र टी–ट्वेन्टी शृङ्खला पनि भारतले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *