त्रिदेशीय फुटबल प्रतियाेगितामा बङ्गला देश सँग हार्‍याे किर्गिस्तानकाे यू–२३ टाेली

खबर खुराक

बङ्गलादेशले त्रिदेशीय फुटबल प्रतियोगितामा किर्गिस्तानको यू–२३ टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा मङ्गलवार भएको खेलमा बङ्गलादेशले किर्गिस्तानलाई एक–शून्यले पराजित गरेको हो ।

किर्गिस्तानको उमेर समूहको टोलीलाई सुरुवातबाट नै दबाब दिएर खेलेको बङ्गलादेशले अग्रता भने ३० औँ मिनेटमा पाएको थियो । ३० औँ मिनेटमा किर्गिस्तानका लागि कुमारवज उलु बैमानले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल भए पछि बङ्गलादेशले अग्रता पाएको थियो । बङ्गलादेशको जितका लागि त्यही उपहार गोल नै निर्णायक बनेको हो ।



बङ्गलादेशका रक्षक मोहमद साद उडिनको क्रस बललाई क्लियर गर्ने क्रममा उलु बैमानको बलले जाली चुमेको थियो । सुखद सुरुवात गरेको बङ्गलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बङ्गलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नेछ । पराजित किर्गिस्तानले बिहीवार नेपाल सँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: