भारतका १८ राज्यमा काेराेना भाइरसकाे नयाँ प्रकार भेटियाे

खबर खुराक

भारतका १८ राज्यमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको ुडबल म्यूटेन्टु भाइरस बीच कुनै सम्बन्ध नभएको बताएको छ ।

कोरोना भाइरसको यो नयाँ प्रकार विभिन्न देशमा देखिइसकेको छ । पछिल्लो केही समयदेखि विश्वका विभिन्न देशसहित भारतमा कोरोना सङ्क्रमण फेरि एक पटक तीव्र गतिमा फैलिरहेको छ । नयाँ प्रकारको कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको नमुनाका १५ देखि २० प्रतिशतमा पाइएको र ती बढी सङ्क्रामक रहेको भारतले जनाएको छ । भारतमा सङ्क्रमण बढे पछि राजधानी दिल्लीका विमानस्थल, बस स्टप र रेल स्टेशनहरूमा यात्रुलाई कोरोना भाइरसको परीक्षण गरिने भएको छ ।



लगातार कोरोना भाइरस सङ्क्रमण बढेर दोस्रो लहर देखिएपछि दिल्ली सरकारले यो निर्णय गरेको हो । गएको हप्ता मुम्बईले पनि व्यस्त ठाउँहरूमा अनिवार्य परीक्षण गर्ने निर्देशन दिएको थियो । भारतीय सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा लगाएको प्रतिबन्धलाई अप्रिल ३० सम्म लम्ब्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *