क्यान्सर पीडित राई भन्छिन आत्मबल सङै ,भाग्यलाई कर्मले बदल्न सकिन्छ

meropati

भोजपुरमा जन्मिएकि हाल क्यान्सर पीडित, कल्पना राई अहिले काठमाडाैमा  भेटीएकी  हुन । भाग्यलाई कर्मले बदल्न सकिन्छ भन्ने दृढ़ बिश्वासका साथ अगाडि बधिरहेको ब्यकिको उदाहरण मा उनी पर्छिन। २ बच्चाकि आमा कल्पना रोजगार कै सिलसिलामा मलेसियामा हुँदै सिङापुर पुगिन । कमाई राम्रै थियो ठुला ठुला सपना र शुख सयल को दिन ,उमेर बाकी नै थिए ।

त्यतिकैमा उनको सरिर कम्जोर बन्दै गयो। जोरो आउथ्यो। एक्दिन ओफिस जान लाग्दा स्तन मा गाठो देखिन । गुगोल सर्च गरिन । क्यान्सरको लक्षण रहेछ । आँखा भरी सजिएका सपनाहरू र बिदेसिएर गरेको मेहनत ले फरक मोड लियो । अर्थात आफुले ताक्छ मुडो बन्चरोले ताक्छ घुँडो भन्ने जस्तो भयो । संखा लागे पछि नेपाल फर्किइन । चेक गराउदा क्यान्सर को दोस्रो चरण रहेछ। जीवनले रुप बदल्यो। जीवन र मरणको दो साजमा किमो थेरापी सुरु भयो ।



उनी थप्छिन , प्रतेक किमोले शरीरमा परिवर्तन ल्यायो उनी धेरै रोए जिउ कुरुप भयो । कपाल पुरै झर्यो । अब त आफन्तले पनि घृणा र दयाले हेर्न थाले । सारिरिक पिडा सङै कुरुप शरीर र अरुको बोज बनेर बाच्नु पर्ने पीडाले मलाई सारै सताएको थियो। महङ्गो अस्पतालमा उपचार गराउदा भएभर का गहना पैसा सकिसकेका थिए। बाच्ने रहर हरायो । सुसाइड प्रयास गरे।  निकैबेर बोल्न सकिनन उनी ।

आत्म हत्याको प्रयास पनि असफल भयो । महङ्गो अस्पतालमा अप्रेसन भयो । एउटा स्तन काटेर फ्याक्नु पर्यो । पुनर्जन्म जस्तो भए पनि उनी पुर्ण ढुक्कसँग बाच्न सकेकी छैनन् । प्रतेक ३, ३ महिनामा अस्पताल जानुपर्छ । एक पटकमा २५,३० हजार खर्च गर्नुपर्ने हुन्छ । ५ बर्ष सम्म निरन्तरता दिने हो फलोअपलाइ ।

शरीरको कुरुपता दुखाइको पिडा , भयेभर्को धन सम्पती खर्च हुदा उनलाई कति पिडा भयो बेचैनी भयो । त्यो शब्दमा कैद गर्न गरो भयो।आफुलाइ समाल्न एउटा सटर लिएर ब्यापार सुरु गर्ने आट त आयो सटर खोल्न लगाउन , समान किन्न जान आउन पनि गाह्रो थियो सुरुको दिनमा । तर दृढ़ आत्म विश्वासका साथमा पानि पुरी , किराना, फेन्सी , कस्मेटिक गर्दै ब्यापारकाे रूप बदलिन ।

अरुलाइ दुख सुनाउनु भन्दा खाली नबस्दा राम्रो भन्ने सोच्ने उनले अर्डर अनुसारको सामान बुनेर बस्छिन पसलमा बस्दा । शरीरमा पिडा भएपनी उनको काम र कुरामा भने कहिलेपनि कमजोरी देखिदैन । अहिले उनले आफ्नो महङ्गो खर्च धानी रहेकी छन । मेरो जस्तो रोग कसैलाई नलगोस भनेर कामना गछिन उनी । सबैभन्दा ठुलो आत्मबल हो ।

मानिसले कहिले हार खानु हुदो रहेनछ । कसैलाई जुनसुकै पिडा परेको भएपनि आफुलाइ समालेर न हिचकिचाइकन आफुले सक्ने खालको काम गरेमा रोग, शोग, शारीरिक पिडा सङै अरुले हेर्न उपेछित नजरमा समेत बिजयी हुन सकिदो रहेछ । त्यसैले भाग्यलाइ कर्मले बदल्न सकिन्छ ।आत्म निर्भर भएर त्यसबाट पाउदाको आनन्द र खुशिले जीवन को रुप बदल्न सकिन्छ भन्ने सन्देश उनबाट पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *