इङल्याण्डविरुद्धको एक दिवसीय सिरिज भारतले जित्यो

खबर खुराक

काठमाडौ, १६ चैत । घरेलु टीमा भारतले इङल्याण्डविरुद्धको एक दिवसीय सिरिज जितेको छ । आइतबार राति सम्पन्न सिरिजको अन्तिम एकदिवसीय खेल भारतले ७ रनले जित्दै सिरिजमा २१ ले कब्जा गरेको हो । भारतले दिएको ३३० रनको लक्ष्य पछाएको इङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३२२ रन बनाएको थियो ।​

इङल्याण्डका लागि साम करनले अविजित ९५ रन बनाएका थिए भने डविड मलानले ५० रन बनाएका थिए । त्यस्तै बेन स्टोक्सले ३५ रन बनाए भने लिआम लिभिंगस्टोनले ३६, मोइन अलीले २९, जोस बटलरले १५, अदिल राशिदले १९, मार्क वूड र जासन रोयले १४१४ रन बनाए ।



भारतीय बलर श्रदुल ठाकुरले सर्बाधिक ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ तथा टी नटराजनले एक विकेट लिए।यस अघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै ४८/२ ओभरमा अल आउट हुदै ३२९ रन बनाएको थियो । भारतका लागि ऋषव पन्तले सर्बाधिक ७.८ रन बनाए भने शिखर धवनले ६७, हार्दिक पाण्डेयले ६४ रन बनाएका थिए ।

त्यस्तै रोहित शर्माले ३.७ रन बनाए भने श्रदुल ठाकुरले ३०, कुनाल पाण्डेयले २५ रन बनाएका थिए । इङल्याण्डका बलर मार्क वूडले ३ विकेट लिएका थिए भने अदिल राशिदले २ विकेट लिए । त्यस्तै साम करन, रीस तोपले, बेन स्टोक्स, मोइन अली र लिआम लिभिंग स्टोनले एक एक विकेट लिएका थिए ।

यो सँगै भारतले एकदिवसीय सिरिज २(१ ले जितेको छ । योसँगै इङल्याण्डको भारत टुर सकिएको छ । इङल्याण्डले भारत टूरमा खेलेका तिनै सिरिजमा हार बेहोरेको छ। टेस्ट सिरिजमा भारतले ३/१ ले जितेको थियो भने टी २० सिरिज ३२ ले भारतले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: